दफा ३६
प्रस्ताव अस्वीकृत गर्ने र खरिद कारबाही रद्द गर्ने
  (१) देहायका अवस्थामा सार्वजनिक निकायले सम्पूर्ण प्रस्ताव अस्वीकृत गर्न वा खरिद कारबाही रद्द गर्न सक्नेछः –
(क) प्राप्त सम्पूर्ण प्रस्ताव कार्यक्षेत्रगत शर्तहरु अनुसार सारभूतरुपमा प्रभावग्राही नभएमा,
(ख) लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूतरुपमा बढी भएमा,
(ग) परामर्श सेवा आवश्यक नपर्ने भएमा, वा
(घ) प्रस्तावदाताले आपसमा मिलेमतोगरी प्रस्ताव दिएको प्रमाणित भएमा । तर मिलेमतो नगरेका प्रस्तावदाताको प्रस्ताव उपर कारबाही गर्न
सकिनेछ ।